जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै

२ जेठ, जनकपुरधाम।  मिथिलाञ्चलसहित तराई मधेसका विभिन्न जिल्लामा आज श्रद्धा र भक्तिपूर्वक वटसावित्री पर्व मनाइँदै छ । विवाहित महिलाहरूले आफ्ना श्रीमान्को दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्दै यो पर्व मनाउने परम्परा रहेको छ।
पर्वका अवसरमा बिहानैदेखि महिलाहरू नयाँ वस्त्र तथा श्रृंगारमा सजिएर वटवृक्षको पूजा गर्न विभिन्न मठमन्दिर तथा सार्वजनिक स्थलमा पुगेका छन् । विशेषगरी जनकपुरधाम का  राम मन्दिर, गंगासागर तथा गाउँ–गाउँका बरका रुख मुनि पूजा गर्नेहरूको भीड लागेको छ।
धार्मिक मान्यताअनुसार सत्यवानको अल्पायुमै मृत्यु भएपछि उनकी पत्नी सावित्रीले आफ्नो अटल पतिव्रता धर्म र तपस्याबाट यमराजलाई प्रसन्न पारेर सत्यवानलाई पुनर्जीवन दिलाएकी थिइन् । सोही कथासँग जोडेर महिलाहरूले वटवृक्षको पूजा गर्दै व्रत बस्ने परम्परा रहिआएको छ।
पूजाका क्रममा महिलाहरूले वटवृक्ष वरिपरि धागो बाँध्ने, बयना डोलाउने, फलफूल, मिठाई तथा पूजा सामग्री चढाउने र कथा श्रवण गर्ने गरेका छन् । मिथिला संस्कृतिमा यो पर्वलाई वैवाहिक सम्बन्धको मजबुत प्रतीकका रूपमा पनि लिइन्छ।
पर्वलाई लक्षित गर्दै जनकपुरधामका बजारमा पूजा सामग्री, फलफूल, सिन्दूर, चुरा–पोते तथा कपडाको व्यापारसमेत बढेको व्यापारीहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more