जनकपुरधाममा दलित, गरीब र असहायका लागि निःशुल्क उपचार सुविधा सुरु

जनकपुरधाम, साउन २५ – जनकपुरधाममा दलित, गरीब, विपन्न तथा असहायका लागि निःशुल्क उपचार सुविधा प्रदान गर्ने अस्पताल शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।  शनिबार जानकी  मन्दिरका महन्थ महामण्ड्लेश्वर श्री श्री १०८ श्री  रामतपेश्वर दास जि महाराज ले फित्ता काटेर अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्। जनकपुरधाम उपमहानगरपालिका–२, कदमचौकस्थित सिया मेडिकेयर प्रा.लि.का सञ्चालक डा. राजीव कुमार झाले उक्त सेवा सुरु गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार अस्पतालमार्फत ६० वर्ष नाघेका बिरामीलाई उपचारमा ५० प्रतिशत छुट र दलित, गरीब, विपन्न तथा असहाय वर्गका बिरामीलाई पूर्ण रूपमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। जनकपुरधामलगायत अधिकांश स्वास्थ्य संस्थामा ओपीडी सेवा साँझ ५ बजेपछि बन्द हुने प्रचलन भए पनि सियामा भने राति १० बजेसम्म निरन्तर सेवा उपलब्ध हुनेछ।

अस्पतालमा ल्याब, ईसीजी, युएसजी, भिडियो एक्स–रे, इको, पीएफटी लगायतका सेवा अत्याधुनिक उपकरणमार्फत प्रदान गरिने जनाइएको छ। साथै, सातामा एक दिन विशेष उपचारको व्यवस्था पनि गरिएको छ। यसका लागि न्युरोलोजी विशेषज्ञ प्रा.डा. अजय मिश्र, मुटुरोग विशेषज्ञ डा. कृष्ण कुमार साहसहितका चिकित्सकहरू काठमाडौंबाट नियमित रूपमा आउनेछन्।

सिया मेडिकल प्रा.लि.मा डा. राजीव कुमार झा, डा. आर्या झा, डा. अमलेन्द्र कुमार यादव, डा. सुनिल कुमार साह, डा. संजीव कुमार झालगायत एक दर्जनभन्दा बढी चिकित्सकले सेवा प्रदान गर्नेछन्।

 

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more

    Leave a Reply