यस वर्ष मलको अभाव नहोस् भनेर सरकारको विशेष तयारी

श्रावण २५, काठमाडौ । आगामी खेतीपातीको मौसममा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत कृषकहरूलाई आश्वस्त पार्दै आवश्यक मलको पर्याप्त जोहो भएको र थप आपूर्ति भइरहेको जानकारी दिएका छन्।

कृषि मन्त्रालयका अनुसार हाल देशभर तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आपूर्तिको क्रममा छ।

अहिले कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात रहेको छ। जसमा —
✅ युरिया: १६,५३९ मेट्रिक टन
✅ डिएपी: ७,६५३ मेट्रिक टन
✅ पोटास: ४,९१५ मेट्रिक टन

यस्तै, साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ। जसमा —
✅ युरिया: १०,९८४ मेट्रिक टन
✅ डिएपी: ९४२ मेट्रिक टन
✅ पोटास: १,७८५ मेट्रिक टन

प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भए तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन किसानहरूलाई आग्रह गरेका छन्। उनले “खेतबारी हराभरा बनाऔं” भन्ने सन्देशसहित आगामी खेतीपातीको मौसम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more

    Leave a Reply