चीनको कूटनीतिक सक्रियता बढ्दो, नेपाल सरकारमाथि दबाबको आशंका

२ बैशाख , काठमाडौ । पछिल्लो समय चीनको कूटनीतिक सक्रियता नेपालमा बढ्दै गएको छ। विशेषगरी तिब्बत र ताइवानसँग सम्बन्धित विषयमा चिनियाँ पक्षले चासो बढाएपछि नेपाल सरकारमाथि दबाब सिर्जना गर्न खोजिएको आशंका व्यक्त हुन थालेको छ।
हालै चिनियाँ राजदूतले गृहमन्त्रीसँग भेट गरी तिब्बत र ताइवानका विषयमा नेपालको धारणा स्पष्ट राख्न आग्रह गरेको कूटनीतिक स्रोतहरूले बताएका छन्। उक्त भेटलाई सामान्य कूटनीतिक संवादका रूपमा हेरिए पनि यसले चीनले नेपालका संवेदनशील विषयमा आफ्नो चासो प्रत्यक्ष रूपमा व्यक्त गरिरहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
यस्तै, भारतमा आयोजना हुने तिब्बती नेतासम्बन्धी एक कार्यक्रममा नेपाल सरकारको कुनै पनि तहको सहभागिता नहोस् भन्ने चिनियाँ पक्षको आग्रहसमेत सार्वजनिक भएपछि बहस थप चर्किएको छ। यसलाई कतिपयले चेतावनीको रूपमा व्याख्या गरेका छन् भने केहीले सामान्य कूटनीतिक चासोको रूपमा लिएका छन्।
नेपाल र चीनबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको भए पनि पछिल्ला घटनाक्रमले चीनले नेपालका आन्तरिक तथा संवेदनशील विषयमा प्रभाव पार्न खोजेको हो कि भन्ने प्रश्न उठेको छ। यद्यपि, यस्ता विषयमा सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।
नेपालले  छिमेकी मुलुकहरूसँग सन्तुलित कूटनीति कायम राख्नु अहिलेको प्रमुख आवश्यकता हो। कुनै एक पक्षको दबाबमा नपरी राष्ट्रिय हितलाई केन्द्रमा राख्दै निर्णय लिनुपर्ने उनीहरूको धारणा छ।
नयाँ नेतृत्वले ‘नेपाल प्रथम’ को नीति अपनाउने प्रतिबद्धता जनाएको सन्दर्भमा छिमेकी राष्ट्रहरूको चासो र दबाबलाई कसरी व्यवस्थापन गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more