ईरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्छ : डोनाल्ड ट्रम्प

२ बैशाख  , काठमाडौ । डोनाल्ड ट्रम्प ले ईरानले परमाणु हतियार निर्माणतर्फ अघि बढेमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट चेतावनी दिएका छन्। फक्स बिजनेससँगको अन्तर्वार्तामा उनले भने, “ईरानसँग परमाणु हतियार हुनु हुँदैन। यदि उनीहरूले यसलाई रोक्दैनन् भने हामी कुनै डिल गर्ने छैनौं।”
ट्रम्पले अमेरिकी सेनाले ईरानलाई ठूलो क्षति पुर्‍याएको दाबी गर्दै त्यहाँको सैन्य क्षमता कमजोर भएको बताएका छन्। उनका अनुसार, “सबै कुरा ध्वस्त पारिएको छ… उनीहरूसँग अब न त वायुसेना बाँकी छ, न रडार प्रणाली।”
ईरानको वर्तमान नेतृत्वलाई उनले “नयाँ शासन” भन्दै पहिलेको तुलनामा केही हदसम्म “समझदार” भएको उल्लेख गरे। यद्यपि, उनले जारी संघर्षको अन्तिम परिणाम अझै अनिश्चित रहेको स्वीकार गरे।
ट्रम्पले भने, “अन्त्यमा महत्वपूर्ण कुरा नतिजा हो… र त्यो चाँडै देखिन सक्छ।” साथै उनले अमेरिका चाह्यो भने ईरानको पूर्वाधारमा ठूलो आक्रमण गर्न सक्ने क्षमता रहेको बताए। “हामी एक घण्टामै उनीहरूका सबै पुल र विद्युत् केन्द्रहरू निशाना बनाउन सक्छौं… तर हामी स्थिति झन् बिगार्न चाहँदैनौं,” उनले भने।
उनका अनुसार, अमेरिकाको हालको कदमहरू, जसमा हर्मुज सम्बन्धी गतिविधिहरू समेत समावेश छन्, त्यसप्रति अन्य देशहरूबाट खास विरोध आएको छैन।
यसैबीच, ट्रम्पले सि जिनपिङ्ग सँग पत्रमार्फत संवाद भइरहेको जानकारी पनि दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more