५ फागुन, काठमाडौ । — गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ सिट जित्दै पहिलो स्थान हासिल गर्दा नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ।
थापा यसअघि विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। उनको राजीनामाबारे निर्णय लिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।

















