ओलीको अहंकारी शैलीका कारण एमालेसँग तत्काल एकता सम्भव छैन : प्रचण्ड

 २० असार , बुटवल । पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।

शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो समयको भाषा, व्यवहार र अहंकारी प्रवृत्तिका कारण वर्तमान अवस्थामा पार्टी एकता सम्भव नरहेको बताएका हुन्।

उनले विगतमा भएको पार्टी एकता किन असफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकता गरिए अघिल्लो गल्ती दोहोरिने र अर्को राजनीतिक दुर्घटना निम्तिन सक्ने चेतावनी दिए।

प्रचण्डले ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै ‘उल्टो–उल्टो कुरा गर्ने’ र ‘अहंकारपूर्ण’ शैलीका कारण तत्काल सहकार्य वा पार्टी एकताको वातावरण नबनेको स्पष्ट पारे।

उनले पार्टी एकता भावनात्मक निर्णयभन्दा पनि विगतका अनुभवबाट पाठ सिकेर, स्पष्ट राजनीतिक आधार र आपसी विश्वासका साथ मात्र सम्भव हुने धारणा राखे।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more