१८ फागुन,तेहरान । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टमा पूर्व इरानी राष्ट्रपति महमूद अहमदीनेजाद लाई उद्धृत गर्दै इरानको खुफिया संयन्त्रभित्रै गम्भीर घुसपैठ भएको दाबी गरिएको छ।
रिपोर्टअनुसार इरानले देशभित्र सक्रिय भनिएका मोसाद का एजेन्टहरूलाई पक्राउ गर्न विशेष इकाइ गठन गरेको थियो। तर छानबिनका क्रममा उक्त इकाइकै प्रमुख व्यक्ति नै कथित रूपमा मोसादसँग आबद्ध रहेको खुलासा भएको दाबी गरिएको छ। ती प्रमुखसँग करिब २० जना अन्य व्यक्तिहरू समेत संलग्न रहेको उल्लेख छ।
उक्त सूचनाका आधारमा इजरायल ले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई लाई निशाना बनाएको दाबी पनि रिपोर्टमा गरिएको छ। भनिएको छ, खुफिया बैठकसम्बन्धी अत्यन्त गोप्य जानकारी मोसादसम्म पुगेको थियो।
रिपोर्टका अनुसार शनिबार बिहान करिब ९ बजे राष्ट्रपति भवनभित्र महत्वपूर्ण बैठक बस्ने तयारी थियो। स्थान पुष्टि भएपछि सो परिसरमाथि ३० देखि ४० वटा मिसाइल प्रहार गरिएको र पूरा कम्पाउन्ड ध्वस्त बनेको दाबी गरिएको छ।
यद्यपि उक्त घटनाबारे इरान वा इजरायलका तर्फबाट आधिकारिक पुष्टि सार्वजनिक भइसकेको छैन। घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको उल्लेख गर्दै विश्लेषकहरूले यसलाई क्षेत्रीय सुरक्षा अवस्थासँग जोडेर हेर्नुपर्ने बताएका छन्।
इरानको खुफिया इकाइमै मोसाद एजेन्ट, सर्वोच्च नेतामाथि हमलाको सूचना लिक भएको आरोप
- अन्तर्राष्ट्रिय, समाचार
- ३ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
रवि लामिछानेसँग मोदीको भेट, नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
- 17 views
वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न
- 19 views



















