अमेरिका–ईरान वार्ता विफल, २१ घण्टाको संवाद निष्कर्षविहीन

२९ चैत, पाकिस्तान ।  खाडी क्षेत्रमा जारी तनाव र युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको राजधानी इस्लामाबादमा सम्पन्न अमेरिका र ईरानबीचको उच्चस्तरीय वार्ता कुनै निष्कर्षमा पुग्न सकेन। तीन चरणमा भएको लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुग्न नसकेको हो।
अमेरिकी उपराष्ट्रपति JD Vance ले पत्रकार सम्मेलनमार्फत वार्ता असफल भएको जानकारी दिएका हुन्। उनले अमेरिका तर्फबाट प्रस्तुत गरिएको प्रस्ताव ईरानले अस्वीकार गरेको बताएका छन्। “हामीले आफ्नोतर्फबाट सबैभन्दा राम्रो प्रस्ताव राख्यौं, तर ईरान त्यसमा सहमत भएन,” वेंसले भने।
दुवै देशका प्रतिनिधिबीच करिब २१ घण्टासम्म आमनेसामने संवाद भएको थियो। तीन चरणमा भएको उक्त वार्तामा खाडी क्षेत्रमा बढ्दो द्वन्द्व अन्त्य गर्ने विषयमा गहन छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन।
वार्ता विफल भएसँगै क्षेत्रीय तनाव झन् बढ्ने संकेत देखिएको छ भने आगामी दिनमा कूटनीतिक पहल कसरी अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more