सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

१४ भदौ, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १८५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more