सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

१४ भदौ, काठमाडौ ।। नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १८५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more