मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

९ भदौ, काठमाडौ मोहम्मद जयन्तीको अवसरमा सरकारले बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जनाएको छ। सोही अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार यसअघि २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। सोही व्यवस्थाअनुसार भदौ १० गते बिदा लागू हुने जनाइएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामार्फत बिदासम्बन्धी जानकारी सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको हो।

मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामनासमेत व्यक्त गरेको छ।

बुधबारको बिदा सबैका लागि नभई नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र लागू हुनेछ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more