जनकपुरधामको न्यू राजधानी गेष्ट हाउसमा युवती मृत फेला, घटनाको अनुसन्धानमा जुट्यो प्रहरी

९ भदौ, जनकपुरधाम उपमहानगरपालिका–६, नमस्कार चोकस्थित न्यू राजधानी गेष्ट हाउसको कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गेष्ट हाउसको कोठामा युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रारम्भिक विवरणमा मृतक युवती खोटाङको हलेसी घर भएको खुलेको छ। उनका आफन्त काठमाडौंमा रहेकाले आफन्त जनकपुरधाम आएपछि मृतकको पहिचान तथा घटनासम्बन्धी थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवती र एक युवक केही दिनदेखि उक्त गेष्ट हाउसमा सँगै बस्दै आएका थिए। उनीहरू करिब तीन–चार दिनदेखि होटलमा बसेको र घटनाको अघिल्लो दिन युवक होटलबाट बाहिरिएको बताइएको छ। त्यसपछि युवती भने सोही कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

घटना हुँदा युवती बसेको कोठाको ढोका भित्रबाट बन्द रहेको प्रहरीको भनाइ छ। घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।

यस घटनामा प्रहरीले सिरहा घर भएका एक युवकलाई पक्राउ गरेको छ। युवकलाई नियन्त्रणमा लिएर युवतीसँगको सम्बन्ध, होटलमा बसाइ तथा घटनाअघि र पछिका गतिविधिबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। युवतीको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट खुल्ने बताइएको छ।

मृतकका आफन्त जनकपुरधाम आएपछि सनाखत, शव परीक्षणलगायतका थप प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more