मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

९ भदौ , मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा भोलि (बुधबार) सार्वजनिक बिदा दिइएको छ।

वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन सार्वजनिक बिदा रहने जनाएको हो।

महानगरपालिकाको आदेशअनुसार बिदा दिने निर्णय गरिएको प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजयकुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

विद्यालयमा बिदा भए पनि वीरगञ्ज महानगरपालिकाको कार्यालयको नियमित कामकाज भने यथावत् सञ्चालन हुने भएको छ। मधेश प्रदेश सरकारको सूचनाअनुसार महानगरपालिकामा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीलाई मात्र विशेष बिदा उपलब्ध गराइने कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सचिवालयले जनाएको छ।

यसअनुसार मोहम्मद जयन्तीका दिन महानगर क्षेत्रका विद्यालय बन्द रहने भए पनि महानगरपालिकाका प्रशासनिक तथा दैनिक सेवा प्रवाहका काम भने नियमित रूपमा सञ्चालन हुनेछन्।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more