सुन र चाँदीको मूल्यमा गिरावट

२९ साउन, काठमाडौ ।  नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
यससँगै लगातार बढ्दो क्रममा रहेको सुनचाँदीको मूल्यमा शुक्रबार केही गिरावट आएको हो।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more