वडाध्यक्ष साहको निधन पछि जनकपुर उपमहानगरपालिकामा शोक बिदा

२५ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ । आज बिहान ५ बजे उनको असामयिक निधन भएको हो ।

उपमहानगरपालिकाले उनको निधनमा शोक संदेश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गरेको जनाएको छ ।

उपमहानगरपालिकाका अधिकृत दशौं मेहीलाल यादवले जारी गरेको शोक संदेशमा कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहने उल्लेख छ । उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more