नेपाल केमिकल सोसाइटी मधेश प्रदेशको नयाँ कार्यसमिति गठन

२४ साउन, जनकपुरधाम। नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ। आइतबार जनकपुरधामस्थित एसएम कलेजमा आयोजित बैठकले अमरदोष पण्डित–ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्जलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।
नेपाल केमिकल सोसाइटी मधेश प्रदेशका वर्तमान अध्यक्ष डा. रामप्रबोध यादवको अध्यक्षतामा तथा राराब क्याम्पस, जनकपुरधामका रसायनशास्त्रका सहप्राध्यापक एवं नेपाल केमिकल सोसाइटीका पूर्व केन्द्रीय सदस्य मुक्तिनाथ साहको प्रमुख आतिथ्यमा बैठक बसेको थियो।
बैठकमा सदस्यता वितरण र नयाँ कार्यसमिति गठनसम्बन्धी प्रस्तावमाथि छलफल गरिएको थियो। रसायनशास्त्र विषयमा स्नातक तह उत्तीर्ण तथा स्नातकोत्तर तह अध्ययन/उत्तीर्ण गरेका शिक्षक तथा विद्यार्थीलाई केन्द्रीयस्तरबाट निर्धारण गरिएको सदस्यता शुल्क लिएर नयाँ सदस्यता प्रदान गर्ने तथा सदस्यता नवीकरण गर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको जनाइएको छ।
त्यसैगरी बैठकले नेपाल केमिकल सोसाइटी, मधेश प्रदेश समिति, जनकपुरधामको नयाँ कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमिति
अध्यक्ष: अमरदोष पण्डित, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज
उपाध्यक्ष: वायजुल हक
सचिव: सच्चिन्द्र कुमार सिंह
सहसचिव: संजित कुमार साह
कोषाध्यक्ष: मनोज कुमार अधिकारी
सदस्य: डा. दिलीप कुमार राय, राराब क्याम्पस
सदस्य: रामछविला यादव, श्री जनता माध्यमिक विद्यालय
सदस्य: कौशल कुमार यादव
सदस्य: गजेन्द्र प्रसाद साह
सदस्य: जितेन्द्र यादव
सल्लाहकार समिति
बैठकले मुक्तिनाथ साह, डा. उमेश चौरसिया, डा. पवन कुमार मिश्रा, ब्रह्मदेव यादव र डा. रामप्रबोध यादवलाई सल्लाहकार चयन गरेको छ।
नवनिर्वाचित समितिले मधेश प्रदेशमा रसायनशास्त्र विषयसँग सम्बन्धित शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताबीच सहकार्य बढाउँदै सोसाइटीको सदस्यता विस्तार र शैक्षिक तथा वैज्ञानिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more