वडाध्यक्ष साहको निधन पछि जनकपुर उपमहानगरपालिकामा शोक बिदा

२५ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ । आज बिहान ५ बजे उनको असामयिक निधन भएको हो ।

उपमहानगरपालिकाले उनको निधनमा शोक संदेश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गरेको जनाएको छ ।

उपमहानगरपालिकाका अधिकृत दशौं मेहीलाल यादवले जारी गरेको शोक संदेशमा कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहने उल्लेख छ । उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more