बिजुलीमा लगाइएको भ्याट पनि हटाउन गगन थापाको सरकारसँग आग्रह

५साउन काठमाडौ ।— नेपाली कांग्रेसका सभापति  गगन थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै विद्युत्मा लगाइएको भ्याटलगायत अन्य अव्यावहारिक करसमेत पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा समता शुल्क लगाउने व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन्।

उनले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा रोज्नु विलासिता नभई बाध्यता भएको बताएका छन्। निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार भएकाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीति समाधान नभई थप समस्या सिर्जना गर्ने उनको भनाइ छ।

थापाले समता शुल्क समानताको नीति नभई असमानतालाई बढावा दिने व्यवस्था भएको टिप्पणी गर्दै सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गरी उक्त निर्णय फिर्ता लिनु सकारात्मक कदम भएको बताएका छन्। उनले अब उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

यससँगै थापाले विद्युत् उपभोगमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्मअनुसार निर्णय लिन सरकारसँग आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more