होल्डिङ सेन्टरमा पुगेका युवामाथि कुटपिट र पक्राउको गगन थापाद्वारा निन्दा, अविलम्ब रिहाइको माग

२८ असार , काठमाडौ । नेपाली कांग्रेसका सभापति  गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
थापाले माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिइएको घटना अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकले राज्यसँग प्रश्न सोध्न पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने स्पष्ट पारे।
थापाले सरकार बलियो र विधिको शासनप्रति प्रतिबद्ध तब मात्र मानिने बताए, जब उसले फरक मत र आलोचना सुन्ने क्षमता राख्छ। आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।
उनले फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको चरम कायरता भएको टिप्पणी गर्दै पक्राउ परेका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more