सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन नगर्न दीपक ठाकुरको अपिल

२७ असार , जनकपुरधाम।— एन–प्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्ष तथा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समिति सदस्य दीपक कुमार ठाकुरले नेपाल सरकारको निर्णयको पूर्ण पालना गर्न निजी विद्यालयहरूलाई आग्रह गरेका छन्।

उनले एक अपिल जारी गर्दै नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको अवस्थामा कुनै पनि बहानामा विद्यालय सञ्चालन नगर्न अनुरोध गरेका हुन्।

ठाकुरले सरकारी निर्णयको सम्मान गर्दै सबै निजी विद्यालयले हप्तामा दुई दिन बिदासम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। साथै, विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाबीच अन्योल सिर्जना हुने गतिविधि नगर्न तथा कानुनअनुसार विद्यालय सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरेका छन्।

उनले सरकारको निर्णय कार्यान्वयन गर्नु सबै शैक्षिक संस्थाको दायित्व भएकाले त्यसको पूर्ण पालना गर्न सम्पूर्ण विद्यालयलाई हार्दिक अपिल गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more