ट्राफिकले स्कुटरमा ह्विल लगाएको भन्दै राहदानी विभाग अगाडि युवकद्वारा आत्मदाहको प्रयास

२५ असार , काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा तथा हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्।

बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ स्थित राहदानी विभागको ३ नम्बर गेट नजिक उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार गणेशले आफू चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली शरीरमा छर्किएपछि आगो लगाएका थिए। घटनापछि त्यहाँ खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्‍याएको थियो।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more