सुनचाँदीको मूल्यमा गिरावट, एकैदिन सुन तोलामा १० हजार १०० रुपैयाँ घट्यो

२७ जेठ, काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्। सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको अवस्था र विनिमय दरका आधारमा निर्धारण हुने गर्दछ।

  • सम्बन्धित समाचारहरु

    बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

    Read more

    मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

    Read more