दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको पहिलो निर्णय

२६ जेठ, काठमाडौ । — नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार ग्रहणसँगै २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। मंगलबार गृह मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।
पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङले चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। उनले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लाई थप सुदृढ बनाउने तथा छानबिनमा रहेका अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै आवश्यक फाइलहरू खोल्ने निर्णय गरेका छन्।
गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दाबारे अध्ययन गरी आवश्यक निर्णय लिइने बताए। साथै अनुसन्धान निकायहरूको क्षमता अभिवृद्धि गर्दै महत्वपूर्ण घटनाका अनुसन्धानलाई टुंगोमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि जस्तोसुकै आरोप लागे पनि सामना गर्न सक्ने तर नेपाली चेलीबेटीमाथि अन्याय भएको सहन नसक्ने बताए। तथ्यबिना आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले मिडिया ट्रायलका कारण कुनै व्यक्तिले आत्महत्यासम्म गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्नेमा सबै सचेत हुनुपर्ने धारणा राखे।
यसअघि मंगलबार अपराह्न गृहमन्त्री गुरुङले रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। गृह मन्त्रालयमा फर्किएसँगै उनले गरेका निर्णयहरू राजनीतिक तथा प्रशासनिक वृत्तमा चासोका साथ हेरिएका छन्।

  • सम्बन्धित समाचारहरु

    बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको शव निकालियो

    Read more

    मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

    Read more