दल परिवर्तन गरेका एमालेका ८ वडाध्यक्ष पदमुक्त

२७ जेठ, काठमाडौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) बाट निर्वाचित भई पछि अन्य राजनीतिक दलमा आबद्ध भएका ८ जना वडाध्यक्षको पद रिक्त भएको घोषणा गरेको छ।

एमाले सचिवालयबाट प्राप्त पत्रका आधारमा आयोगले राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्था अनुसार उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ।

पद रिक्त हुनेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुङ गाउँपालिका–६ का कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का सुरेशकुमार थापा रहेका छन्।

त्यसैगरी पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाईं, मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठ, रङ्गेली नगरपालिका–१ का महेशकुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका–४ का मधुसुदन शर्माको पद पनि रिक्त भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगको निर्णयसँगै सम्बन्धित वडाहरूमा रिक्त पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ। साथै, राजनीतिक दल परित्याग गरी अर्को दलमा आबद्ध हुने जनप्रतिनिधिहरूमाथि लागू हुने कानुनी व्यवस्थाको कार्यान्वयनका रूपमा आयोगको यो निर्णयलाई हेरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more