प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा नयाँ उजुरी

२ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा नयाँ उजुरी दर्ता भएपछि न्याय क्षेत्र तरंगित बनेको छ।
अमेरिकामा रहेका नेपाली सेनाका पूर्व मेजर तथा अधिवक्ता प्रज्वल बस्नेतले इमेलमार्फत् उजुरी पठाउँदै शर्माको न्यायिक भूमिका, पुराना आदेश कार्यान्वयन तथा न्याय सम्पादन क्षमतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
उजुरीमा सर्वोच्च अदालतले दर्ता नै इन्कार गरेको रिट प्रस्तावित प्रधानन्यायाधीशसमेत रहेको इजलासमा पुगेको दाबी गरिएको छ। तर पटक–पटक सुनुवाइको माग गर्दा पनि इजलास मौन बसेको आरोप बस्नेतले लगाएका छन्।
त्यसैगरी, १५ वर्ष पुराना अदालतका आदेश कार्यान्वयन, न्यायाधीशहरूको भूमिकामाथिको प्रश्न तथा सैनिक अदालतसम्बन्धी मुद्दामा निष्पक्ष न्याय दिन सक्ने–नसक्ने विषयमा समेत संसदीय सुनुवाइ समितिले गहिरो अध्ययन गर्नुपर्ने माग उजुरीमा गरिएको छ।
उता, बालेन्द्र शाह अध्यक्ष रहेको संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनको नामलाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा बहस तीव्र बनेको छ।
संसदीय सुनुवाइ समितिले उजुरीमाथि आवश्यक अध्ययन गरी आगामी प्रक्रियाबारे निर्णय गर्ने तयारी गरेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

    Read more