१६ फागुन, सप्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३, सप्तरीमा नेपाली कांग्रेस का उम्मेदवार दिनेश यादवलाई राष्ट्रिय मुक्ति पार्टी का उम्मेदवार गजेन्द्र मण्डलले समर्थन जनाएका छन्।
आज आयोजित कार्यक्रममा मण्डलले यादवलाई समर्थन गर्ने घोषणा गर्दै क्षेत्रको समग्र विकास र राजनीतिक स्थायित्वका लागि साझा सहकार्य आवश्यक रहेको बताएका थिए। उनले मतदातालाई पनि यादवको पक्षमा मतदान गर्न आह्वान गरेका छन्।
यादवले मण्डलप्रति आभार व्यक्त गर्दै उक्त समर्थनले आफूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। उनले क्षेत्रका प्रमुख मुद्दा—पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि सशक्तीकरण र शिक्षा–स्वास्थ्य सुधार—लाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सप्तरी–३ मा उम्मेदवारबीचको प्रतिस्पर्धा चर्किंदै गएको अवस्थामा मण्डलको समर्थनलाई चुनावी समीकरणमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

















