मध्यपूर्व तनावप्रति गगन थापाको चिन्ता, नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

१६ फागुन, काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति नेपाली कांग्रेस का सभापति गगन थापा ले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
थापाले विभिन्न देशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्था झन संवेदनशील बनेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले परिस्थितिबारे सुसूचित रहन, सुरक्षा नियमहरूको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन्।
“आफ्नो ख्याल गर्नुहोस्,” भन्दै उनले विदेशमा रहेका नेपालीलाई संयम र सजगता अपनाउन आह्वान गरेका छन्।
साथै, उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई आवश्यक परे तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच राजनीतिक नेतृत्वबाट आएको यो अपिललाई प्रवासी नेपाली समुदायले गम्भीर रूपमा लिने अपेक्षा गरिएको

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more