शेख हसिनापछि बंगलादेशमा पहिलो आम निर्वाचन सुरु, २९९ सिटका लागि मतदान जारी

२९ माघ, ढाका। बंगलादेशमा अगस्ट २०२४ मा भएको व्यापक जनआन्दोलन र शेख हसिना नेतृत्वको सरकार पतनपछि पहिलोपटक आम निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ। बिहीबारदेखि देशभर मतदान भइरहेको छ र मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगिरहेका छन्। मतदान साँझ ४:३० बजेसम्म जारी रहने जनाइएको छ। यस निर्वाचनलाई सन् २००९ पछिको पहिलो वास्तविक र प्रतिस्पर्धात्मक चुनावका रूपमा हेरिएको छ।

करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा १२ करोडभन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। संसदीय ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको छ भने ती सिटका लागि १,९८१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने प्रतिबद्धता जनाएको छ। गत वर्ष अवामी लिगलाई भंग गर्दै पार्टीलाई चुनावमा सहभागी हुन रोक लगाइएको थियो।

यसपटकको मुख्य प्रतिस्पर्धा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामीबीच हुने अनुमान गरिएको छ। आम निर्वाचनसँगै देशमा ८४ सूत्रीय सुधार प्याकेजसम्बन्धी जनमत संग्रह पनि भइरहेको छ, जसमा निर्वाचन प्रणाली, न्यायपालिका सुधार, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणजस्ता विषय समेटिएका छन्। विश्लेषकहरूका अनुसार यस निर्वाचनले बंगलादेशको भावी राजनीतिक दिशा र लोकतान्त्रिक संरचनामा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more