उदित नारायणविरुद्ध पहिलो पत्नीको उजुरी, आपराधिक षड्यन्त्रको आरोप

२९ माघ, मुम्बई ।  बलिउडका चर्चित प्लेब्याक गायक उदित नारायण फेरि विवादमा परेका छन्। उनकी पहिलो पत्नी रञ्जनाले बिहारको सुपौल जिल्लास्थित महिला प्रहरी थानामा गम्भीर आरोपसहित उजुरी दर्ता गराएकी छन्।
रञ्जनाको दाबी अनुसार उपचारको बहानामा आफ्नै जानकारी र सहमतिविना उनको गर्भाशय (युट्रस) निकालिएको थियो। मिडिया रिपोर्टका अनुसार उनी मंगलबार आफ्ना वकिल करुणाकान्त झासहित महिला थानामा पुगेर औपचारिक निवेदन बुझाएकी हुन्।
उजुरीमा उनले उदित नारायणसहित उनका दुई भाइ सञ्जय कुमार झा र ललित नारायण झा तथा उनकी दोस्रो पत्नी दीपा नारायणमाथि आपराधिक षड्यन्त्र (क्रिमिनल कन्स्पिरेसी) मा संलग्न रहेको आरोप लगाएकी छन्।
घटनाबारे उदित नारायण वा सम्बन्धित पक्षबाट हालसम्म सार्वजनिक प्रतिक्रिया आएको छैन। प्रहरीले उजुरीका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more