पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम रोक्न विमानस्थल क्षेत्रमा निषेधाज्ञा

२९ माघ, काठमाडौ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्तावित स्वागत कार्यक्रमलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शुक्रबार (फागुन १) झापाबाट काठमाडौं फर्किने कार्यक्रम छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विमानस्थलबाट र्‍यालीसहित भव्य स्वागत गर्ने तयारी गरिरहेको अवस्थामा प्रशासनले सुरक्षा तथा शान्ति–व्यवस्था कायम राख्ने उद्देश्यले आदेश जारी गरेको जनाएको छ।

निषेधाज्ञाअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न पाइने छैन। आदेश उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।
यस निर्णयसँगै राप्रपाको स्वागत कार्यक्रम प्रभावित हुने देखिएको छ भने विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more