मिर्चैयामा पारस खड्काको पुतला दहन, निषेधित खेलाडीको समर्थनमा प्रदर्शन

सिरहा, माघ २६ — सिरहाको मिर्चैयामा निषेधित क्रिकेट खेलाडी संघर्ष समितिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेको छ।
समितिले निषेधित खेलाडीहरूलाई न्याय दिनुपर्ने, लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने तथा क्रिकेट प्रशासनमा पारदर्शिता कायम गर्नुपर्ने माग अघि सारेको छ। प्रदर्शनका क्रममा सहभागीहरूले नेपाल क्रिकेट संघ (क्यान) का निर्णयप्रति असन्तुष्टि जनाउँदै खेलाडीहरूको भविष्यसँग खेलवाड नगर्न आग्रह गरेका थिए।
प्रदर्शनकारीहरूले निषेधित खेलाडीहरूलाई पुनः खेलमैदानमा फर्किने वातावरण सिर्जना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

फोटो:- रामनारायण ठाकुर

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more