हंसपुर नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीप यादवको असामयिक निधन

२७ माघ , जनकपुरधाम।  नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष एवं धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप यादवको असामयिक निधन भएको छ। ब्रेन ह्यामरेज भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत यादवको उपचारकै क्रममा निधन भएको हो।

उनको निधनको खबरले नेपाली कांग्रेस वृत्तमा मात्रै होइन, मधेश प्रदेशको राजनीतिक तथा सामाजिक क्षेत्रमै शोकको लहर फैलिएको छ। केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ।
यादव मधेश प्रदेशमा कांग्रेस संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। नगर प्रमुखका रूपमा उनले हंसपुर नगरपालिकामा विकास निर्माण, सुशासन र जनसेवामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेका थिए। सरल स्वभाव र जनतासँग नजिक रहेर काम गर्ने नेताका रूपमा उनी चिनिन्थे।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more