सिंहदरबार आगजनी गर्ने व्यक्ति पक्राउ

२२ माघ , काठमाडौं। सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै अन्य व्यक्तिलाई समेत उक्साउने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको बताउँदै भीडलाई उत्तेजित बनाउने तथा आगजनी गर्न उक्साउने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको हो।
उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका गौतमलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

  • सम्बन्धित समाचारहरु

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more