अनुभवहीन व्यक्तिले प्रधानमन्त्रीको दाबी गर्नु हाँस्यास्पद : ओली

२३ माघ , काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।
झापावासीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश सञ्चालन कुनै खेल वा ठट्टाको विषय नभई गहिरो दर्शन, नीति, सिद्धान्त र अनुभव आवश्यक पर्ने गम्भीर जिम्मेवारी भएको बताए। उनले केवल भोट माग्ने बाहेक शासन सञ्चालनको अनुभव नभएकाहरूले सरकार चलाउने दाबी गर्नु अव्यवहारिक हुने उल्लेख गरे।
ओलीले अप्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहतर्फ संकेत गर्दै एकपटक पनि आम निर्वाचनको अनुभव नलिएका व्यक्तिहरू प्रधानमन्त्री बन्ने सपना देख्दै हिँड्नु उपयुक्त नभएको धारणा व्यक्त गरे।
उनले विकसित मुलुकहरूको उदाहरण दिँदै अमेरिका लगायतका देशहरूमा पनि लामो राजनीतिक अनुभव र संस्थागत अभ्यास भएका व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुग्ने परिपाटी रहेको बताए। अनुभव, स्थिरता र नीतिगत स्पष्टता नै सफल शासन सञ्चालनको आधार हुने उनको दाबी थियो।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more