कांग्रेस विशेष महाधिवेशन सुरु, प्रदेशगत रूपमा २६६२ प्रतिनिधि दर्ता

पुस २७, काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ आज औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको पहिलो दिन महाधिवेशन प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुक समर्थकहरूको उत्साहजनक सहभागितासहित उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ।
महाधिवेशनको पहिलो दिनदेखि नै सुरु गरिएको प्रतिनिधि दर्ता प्रक्रियामा पनि उल्लेख्य सहभागिता देखिएको छ। आयोजकका अनुसार उद्घाटन सत्र तथा अन्य कार्यक्रमहरू सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्णप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

प्रदेशगत तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिका लागि छुट्टाछुट्टै दर्ता स्टलमार्फत प्रतिनिधि दर्ता गरिएकोमा पहिलो दिन कुल २ हजार ६६२ जना प्रतिनिधि दर्ता भएका छन्।
प्रदेशगत रूपमा दर्ता संख्या यसप्रकार रहेको छः
कोशी प्रदेशबाट ४२५ जना, मधेश प्रदेशबाट ४४६ जना, बाग्मती प्रदेशबाट ४३२ जना, गण्डकी प्रदेशबाट २९६ जना, लुम्बिनी प्रदेशबाट ३९८ जना, कर्णाली प्रदेशबाट १३४ जना र सुदूरपश्चिम प्रदेशबाट १५८ जना दर्ता भएका छन्। यसैगरी काठमाडौं उपत्यकाबाट १७८ जना तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि दर्ता भएका छन्।

आयोजकका अनुसार महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया भोलि बिहान ८ बजेदेखि पुनः सुरु गरिनेछ। कांग्रेस नेतृत्वले दोस्रो विशेष महाधिवेशन पार्टीका नीति, नेतृत्व र भावी दिशाका सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

  • सम्बन्धित समाचारहरु

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more