बन्दसूचीमा नाम समावेश उम्मेदवारले फागुन २८ गतेसम्म नाम फिर्ता लिन सक्ने

पुस २७, काठमाडौ ।  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन्। निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले मिति २०८२/०९/१३ र १४ गते पेश गरेको बन्दसूचीमा रहेका उम्मेदवारले तोकिएको मिति, समय र स्थानमा नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको हो।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिएर आफ्नो नाम फिर्ता लिन सक्नेछन्। कुनै कारणवश सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ।
नाम फिर्ता लिने मिति २०८२/०९/२८ गते तोकिएको छ। सो दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोग, बहादुर भवन, काठमाडौंस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more