विशेष महाधिवेशन उदघाटन भएपछि देउवा पक्ष सक्रिय, सभापतिले आफूनिकट नेताहरूको आकस्मिक भेला बोलाए

पुस २७, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ले विशेष महाधिवेशन उद्घाटन गरेपछि पार्टी सभापति शेरबहादुर देउवा ले आफूनिकट नेताहरूको आकस्मिक भेला बोलाएका छन्। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी थालेपछि देउवा पक्ष सक्रिय बनेको हो।

देउवाले महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि नेताहरूलाई बोलाएका हुन्। सो भेलामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन्। देउवानिकट स्रोतका अनुसार अन्य नेताहरू पनि क्रमशः भेलामा सहभागी हुँदै छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। आयोजकका अनुसार विशेष महाधिवेशनमा करिब ६४ प्रतिशत प्रतिनिधिहरू सहभागी हुने दाबी गरिएको छ।

विशेष महाधिवेशनले पार्टीभित्र नेतृत्व परिवर्तनको सम्भावना बढाएसँगै देउवा पक्षले रणनीति तय गर्न आपतकालीन छलफल थालेको विश्लेषण गरिएको छ। कांग्रेसभित्र शक्ति सन्तुलन र भावी नेतृत्वको विषयलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more