नयाँ राजनीतिक शक्तिको उदयसँगै पुराना दलहरूबीच चुनावी सहकार्यको गृहकार्य तीव्र

पुस १९, काठमाडौ  । नयाँ राजनीतिक शक्तिहरूबीच एकता बनेसँगै देशका प्रमुख पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी सहकार्यको गृहकार्य तीव्र बनेको छ। विशेषगरी राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रमा राखेर तीन दलबीच संवाद र तालमेलको सम्भावनाबारे सक्रिय छलफल भइरहेको स्रोतहरूले जनाएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतका रूपमा नेता रमेश लेखकलाई जिम्मेवारी दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालसँग निरन्तर संवाद गर्न खटाएका छन्। ती संवादहरू औपचारिक सहमतिको चरणमा नपुगे पनि दलहरूबीचको दूरी घटाउने र साझा धारणा बनाउने प्रयास भइरहेको बताइन्छ।

स्रोतका अनुसार छलफलको केन्द्रमा संविधानको संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका दीर्घकालीन एजेन्डा छन्। संविधान निर्माणमा निर्णायक भूमिका खेलेका दलहरूबीच राष्ट्रिय हितका विषयमा सहकार्य आवश्यक रहेको बुझाइ शीर्ष नेतृत्व तहमा क्रमशः बलियो बन्दै गएको जनाइएको छ।
राष्ट्रिय सभा निर्वाचनमा सम्भावित तालमेल सफल भएमा यही सहकार्य प्रतिनिधिसभा निर्वाचनसम्म विस्तार हुन सक्ने संकेत देखिएको छ। यसलाई आगामी चुनावी राजनीतिमा नयाँ समीकरणको सुरुआतका रूपमा हेरिएको छ

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more