सरकारमा चार नयाँ मन्त्री थप, आजै शपथ ग्रहण हुने

कार्तिक ९, काठमाडौ । सरकारमा चार नयाँ मन्त्री थपिने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ ग्रहण गराउने तयारीसहित उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन्। नयाँ मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार, र बब्लु गुप्ता रहेका छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई मन्त्रालयसमेत तोकिसकेकी छन्। डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार चारै जनाको नामावली औपचारिक रूपमा राष्ट्रपति कार्यालयमा पठाइएको छ। राष्ट्रपति कार्यालयले शपथ ग्रहणको मिति र समय केहीबेरमै सार्वजनिक गर्ने तयारी गरेको छ।

एक उच्च सरकारी स्रोतका अनुसार, “चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ र आजै बेलुकीभित्र शपथ हुने सम्भावना धेरै छ।”

 

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more