अविरल वर्षाको कारण जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द

असोज १८, जनकपुरधाम। – लगातारको अविरल वर्षा कारण जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका सबै निजी विद्यालयहरू आगामी असोज १९ र २० गते बन्द रहने भएका छन्।

एन प्याब्सनका अध्यक्ष दिपक कुमार ठाकुर र प्याब्सनका अध्यक्ष रबिन्द्र कु चौधरीद्वारा जारी विज्ञप्तिमा विद्यार्थी तथा अभिभावकको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

वर्षा बढ्दै गएपछि यातायातमा समस्या उत्पन्न हुने, जलमग्नता र दुर्घटनाको सम्भावना रहने भएकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ। यस अवधिमा विद्यालयका सबै शैक्षिक तथा पाठ्येतर कार्यक्रमहरू पनि स्थगित हुने जनाइएको छ।

त्यसैगरी, विद्यार्थी, अभिभावक तथा शिक्षकलाई अनावश्यक यात्रा नगरी सजग रहन आग्रह गरिएको छ।जनकपुरधाममा लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुँदै गएको छ भने विद्यालय बन्दसँगै विद्यार्थीहरू घरमै रहनुपर्ने अवस्था सिर्जना भएको छ।

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more