असोज १९ र २० गते नेपालभर सार्वजनिक विदा, भारी वर्षा र विपद् जोखिमलाई मध्यनजर गर्दै निर्णय

असोज १८ , काठमाडौ । सरकारले आगामी असोज १९ र २० गते नेपालभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै यस्तो निर्णय गरिएको हो।

हाल देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ । यस कारण बाढी, डुबान, भू–क्षयलगायतका प्राकृतिक विपद् उत्पन्न हुनसक्ने, सडक तथा हवाई यातायात अवरुद्ध हुने र मानवीय क्षतिको जोखिम समेत बढ्ने सम्भावनालाई मध्यनजर गर्दै असोज १९ र २० गते नेपालभर सार्वजनिक विदा दिन लागिएको हो।

विदाको समयमा विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू भने खुला रहनेछन्। अन्य सबै कार्यालय, शैक्षिक संस्था तथा गैर–आवश्यक सेवा भने बन्द रहने मन्त्रालयले जनाएको छ।

सहसचिव तथा मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सम्भावित विपद् जोखिमबाट सचेत रहन सबै नागरिकलाई आग्रह गरिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more