सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वसम्मति, संसद विघटनमा अझै मतभेद

भदौ २७, काठमाडौ । देशको राजनीतिक संकट समाधान गर्ने प्रयासस्वरूप नयाँ शक्ति र पुराना दलबीच भइरहेको वार्तामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वसम्मति जुटेको छ।

जेन–जी आन्दोलनका प्रतिनिधिहरू र पुराना दलका शीर्ष नेताहरूबीच मध्यरातसम्म चलेको त्रिपक्षीय वार्तामा सरकार प्रमुखको विषयमा एकमत भए पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने संवेदनशील प्रश्नमा सहमति जुट्न सकेन।

वार्तामा सहभागी स्रोतका अनुसार, जेन–जी पक्षले ‘सफाइको राजनीति’ सुरु गर्न संसद् विघटन अपरिहार्य भएको अडान लिएको छ भने पुराना दलका नेताहरूले ‘संवैधानिक स्थायित्व’का लागि संसद् निरन्तरता आवश्यक ठानिरहेका छन्। यही विवादका कारण बैठक निष्कर्षमा पुग्न नसकी अन्ततः भोलि बिहान ९ बजे फेरि छलफल गर्ने सहमति भएको छ।

स्रोतका अनुसार, प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नाम अघि सारेपछि अधिकांश नेताले तत्कालीन न्यायिक भूमिकामा उनको निष्पक्षता र भ्रष्टाचारविरुद्धको कठोर धारणा स्मरण गर्दै समर्थन जनाएका थिए। तर संसद विघटनबारे स्पष्ट निष्कर्ष नआएसम्म सरकार गठन प्रक्रिया अघि बढाउन सकिने अवस्था छैन।

 

 

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more