निर्णायक वार्ता स्थगित, दुर्गा प्रसाईँको प्रवेशपछि उत्पन्न तनाव

भदौ २६, काठमाडौ । देशको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि आज बसेको निर्णायक त्रिपक्षीय वार्ता अचानक स्थगित भएको छ। वार्तास्थलमा व्यवसायी दुर्गा प्रसाईँको अप्रत्याशित प्रवेशसँगै वार्ता अवरुद्ध भएको बताइएको छ।

यसअघि ‘जेन–जी’ आन्दोलनरत समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा आन्तरिक सहमति गरेर वार्तामा प्रवेश गरेको थियो। राजनीतिक दलका शीर्ष नेताहरू, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी युवाहरूबीच भएको त्रिपक्षीय वार्ताबाट स्थायी निकासको अपेक्षा गरिएको थियो।

तर वार्ताको संवेदनशील अवस्थामा दुर्गा प्रसाईँ उपस्थित भएपछि वातावरण तनाबपूर्ण बनेको र छलफललाई स्थगित गर्नुपर्ने स्थिति आएको स्रोतले जनाएको छ।

वार्तामा सहभागी नेताहरूले प्रसाईँको उपस्थितिलाई अप्रासंगिक र अवाञ्छित भन्दै असन्तोष प्रकट गरेका छन्। जेन–जी समूहका प्रतिनिधिहरूले भने, “देशको भविष्यबारे भइरहेको निर्णायक छलफलमा विवादास्पद व्यक्ति ल्याउने कार्यले वार्ताको विश्वसनीयता नै प्रश्नमा परेको छ।” अब वार्ता कहिले पुनः सुरु हुने भन्नेबारे प्रष्ट जानकारी आएको छैन। तर सबै पक्षले स्थगित वार्ता चाँडै निरन्तरता दिने तयारी भइरहेको बताएका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more