सुनसरीको झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडबाट पक्राउ

३१ साउन, काठमाडौं । सुनसरीको झुम्का कारागारबाट तीन दिनअघि भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् ।

कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापाको बिर्तामोड नगरपालिका-१०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए ।

जबरजस्तीकरणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जबरजस्ती करणी कसूरमा १३ बर्ष कै्रद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply