सालीलाई गोली हानी भिनाजु फरार

३० असार, धरान | सुनसरीमा भिनाजुले गोली प्रहार गरेर सालीको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगर गाउँपालिका–६ महरम चौकमा भारतबाट हतियारसहित ससुराली आएका भिनाजुले गोली प्रहार गरी सालीको हत्या गरेका हुन्।

भारतको पत्रहा पंचायत–१६ का २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेर सोमबार बिहान १८ वर्षीया आरसी खातुनको हत्या गरेको सुनसरीका डिएसपी योगराज खतिवडाले बताए। गोली हान्ने मियाँ जट फरार भएको डिएसपी खतिवडाले बताए।

मियाँ जटको खोजीकार्य भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। घटनास्थलबाट पेस्तोलमा लाग्ने एकथान गोली बरामद गरिएको उनले बताए।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more

    Leave a Reply