मधेशमा देखिएको खानेपानी संकटका लागि जितेन्द्र सोनलले गराए सरकारलाई ध्यानाकर्षण

२५ असार, जनकपुरधाम । अनावृष्टिका कारण मधेश प्रदेशका बारा, पर्सा लगायतका जिल्लामा भीषण सुख्खाको अवस्था सिर्जना भएको छ। पानीको सतह दिनप्रतिदिन तल जाँदै गएकोले सम्पूर्ण कृषि क्षेत्र सुख्खाग्रस्त बन्ने निश्चित देखिएको छ। यसले जनजीवन मात्र होइन, सम्पूर्ण प्रदेशको कृषि प्रणाली र खाद्य सुरक्षा प्रणालीलाई समेत संकटमा पारेको छ।

तराई मधेशका गाउँ–बस्तीमा रहेका अधिकांश चापाकल (हैन्डपम्प), इनार र कुवाहरु सुकेका छन्। स्थानीय बासिन्दाहरु भयंकर पानी संकटको चपेटामा परेका छन्। कतिपय गाउँहरूमा दिनको दसौं घण्टा लाइन बस्दा पनि पर्याप्त पानी नपाइने अवस्था देखिएको छ।

यसै सन्दर्भमा पूर्वमन्त्री तथा लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले एक प्रेस विज्ञप्ति जारी गर्दै यस अवस्थालाई ‘खानेपानीको आपतकालीन अवस्था’ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले नेपाल सरकार, मधेश प्रदेश सरकार र स्थानीय तहलाई अविलम्ब खानेपानीको वैकल्पिक व्यवस्था गर्न र राहत कार्यक्रम संचालन गर्न आग्रह गरेका छन्।

सोनलको विज्ञप्तिमा भनिएको छ:

“अनावृष्टि लगायतका कारणबाट बारा, पर्सा लगायत सम्पूर्ण मधेशमा पानीको सतह दिनानुदिन तल गई रहेको अवस्था विद्यमान छ। यस्तो अवस्थामा सम्पूर्ण कृषि क्षेत्र नै सुख्खा क्षेत्र बन्ने निश्चितप्रायः छ। खानेपानीको अधिकांश चापाकल, इनार, कुवा सुकेको अवस्थामा छन्। आम जनमानसमा खानेपानीको हाहाकार हुन गएको छ।”

सोनलका अनुसार यदि यो समस्यालाई तुरुन्त सम्बोधन गरिएन भने सार्वजनिक स्वास्थ्य संकट उत्पन्न हुनसक्छ। उनका अनुसार, दैनिक उपभोगका लागि आवश्यक न्यूनतम पानी समेत नपाउँदा ग्रामीण बस्तीका बासिन्दा घर छोड्न बाध्य हुने अवस्था आउनसक्छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply