जनकपुरधाम, १७ असार — जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) का केन्द्रीय समिति सदस्य अमरेस नारायण झाले पार्टीको केन्द्रीय समितिबाट राजीनामा दिएका छन्।
झाले सामाजिक सन्जाल फेसबुकमा एक संक्षिप्त सूचनामार्फत आफ्नो राजीनामाको जानकारी दिएका छन्। उनले भनेका छन्, “मैले यसै सूचनाबाट जसपा, नेपालको केन्द्रीय समितिबाट राजीनामा दिएको छु।”
राजीनामाको स्पष्ट कारण उल्लेख नगरिए पनि पछिल्लो समय पार्टी भित्रको आन्तरिक असन्तोष र रणनीतिक मतभेदका कारण उनले यस्तो कदम चालेको अनुमान गरिएको छ।
अमरेस नारायण झा मधेश राजनीतिमा पहिचान बनाएका एक चर्चित सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले लामो समयदेखि मधेशको मुद्दा उठाउँदै आएका थिए र विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भूमिका खेलेका थिए।
झाको राजीनामासँगै जसपाको संगठनात्मक सन्तुलनमा असर पर्ने देखिएको छ। पार्टी नेतृत्वले हालसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
विश्लेषकहरूका अनुसार, झाको राजीनामा पार्टीको आन्तरिक समिकरणमा नयाँ तरंग ल्याउन सक्छ। आगामी दिनमा उनी कुन राजनीतिक धारमा अग्रसर हुने


















