१५ कात्तिक , काठमाडौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आइतबार १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

















