१५ कात्तिक , काठमाडौ । अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र कमजोर बन्दै गएको छ।
महाशाखाले आज देशभर आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ। न्यून चापीय प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने भएकाले आगामी दिनमा मौसममा थप सुधार आउने अनुमान गरिएको छ।


















